Ministry of labour and transport management
nepali flag
मुखघर

सम्पर्क ठेगाना

यातायात व्यवस्था विभाग
कोटेश्वर, काठमाडौ
फोन : ०१-४६०२१२६ , ४६०१७४३, ४६०१००२
फ्याक्स : ०१-४६०२४४०
इमेल : info@dotm.gov.np
वेभसाइट : www.dotm.gov.np

सुचना पाटी

व्राण्डेड डेक्सटप कम्प्यूटर¸ प्रिन्टर तथा इर्न्भर्टर¸ जेनेरेटर आपुर्ती सम्बन्धी सिलवन्दी दरभाउपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मितिः- २०६८।८।८

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
कोटेश्वर, काठमाडौं

सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मितिः- २०६८।८।८

यस विभागलाई आ.व. ०६८।६९ को लागि आवश्यक भएका देहायका प्योकजका सामान खरिद गर्नुपर्ने भएकोले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत प्राप्त, मूल्य अभिवृद्धि करमा दर्ता भएका, अनुभव प्राप्त इच्छुक र्फम, कम्पनी वा सप्लायर्सहरुबाट निम्न शर्तको अधीनमा रही सिलवन्दी दरभाउपत्र आव्हान गरिन्छ ।

खरिद गर्ने सामानहरु
प्याकेज १ :  व्राण्डेड डेक्सटप कम्प्यूटर आपुर्ती
प्याकेज २ : प्रिन्टर तथा इर्न्भर्टर आपुर्ती
प्याकेज ३ :  जेनेरेटर १५ केभीए आपुर्ती

१) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र सम्बन्धित कार्यका लागि इजाजत प्राप्त, इच्छुक र्फम/कम्पनी/सप्लायर्सले वा निजको प्रतिनिधीले) निवेदन साथ फम/कम्पनी/सप्लायर्स दर्ता प्रमाणपत्र, आ.व. २०६७।६८ सम्मको करचुक्ता प्रमाणपत्र र मुल्य अभिवृद्धिकर प्रमाणपत्रको प्रतिलिपि साथ प्रति प्याकेजका लागि रु ३००।- -पछि फिर्ता नहुने गरी) यस विभागमा नगद दाखिला गरी Specification सहितको दरभाउपत्र फारम खरिद गर्न सकिनेछ ।
२) सिलबन्दी दरभाउपत्रदाताले आफुले कवुल गरको रकमको २.५% ले हुने जमानतको रकम यस विभागको नेपाल राष्ट्र वैक थापाथाली स्थित धरौटी खाता नं. १३१९२५ मा जम्मा गरको सक्कलै भौचर वा यस विभागको नाममा जारी गरिएको ९० दिन सम्म म्याद भएको मान्यता प्राप्त वैकवाट जारी भएको विडवण्ड पेस गर्नुपर्नेछ ।
३) दरभाउपत्रदाताले प्रत्येक प्याकेजको लागि अलग अलग वैङ्क ग्यारेन्टी -विड वण्ड) पेश गर्नुपर्नेछ । 
४) दरभाउपत्रमा प्रतिएकाई दररेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिइनेछ । दरभाउपत्रदाताले आपुर्ती गर्ने प्याकेजमा उल्लेखित सामानको क्उभअषष्अबतष्यल वमोजिमको क्याटलग दरभाउपत्र साथ अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । क्याटलग विना पेश हुन आएका दरभाउपत्रलाई मुल्याँकनमा समावेस गरिने छैन ।
५) सिलवन्दी दरभाउपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२.०० बजे भित्र यस विभागमा दर्ता गराइसक्नुपर्नेछ । दर्ता भएको बोलपत्र सोही दिनको २ः०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थिति नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।
६) दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन र्सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
७) प्रत्येक प्याकेजको अलग अलग निर्णय हुनेछ । प्राप्त सिलवन्दी दरभाउपत्र कारण जनाई वा नजनाई पर्ूण्ा वा आंशिकरुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस विभागमा हुनेछ । म्याद नाघी आएको वा रित नपुगेको वा शर्त राखिएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
८)  सिलबन्दी दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कार्यमा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित पेसा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनि लिखितरुपमा स्वघोषणा पेस गर्नुपर्नेछ ।
९)  यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा र्सार्वजनिक खरिद ऐन २०६३ र र्सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून वमोजिम हुनेछ ।
१०) यस सम्वन्धी अन्य थप कुरा बुझ्नु परेमा कार्यालय समयभित्र यस विभागमा सर्म्पर्क गर्न सकिनेछ । यो सूचना विभागको वेभर्साईट www.dotm.gov.np मा समेत हेर्न सकिनेछ ।