२०६८।८।१५ - धेरै मानविय क्षति भई सिन्धुली, सप्तरी र सुनसरीमा विगत केही हप्ताहरुमा भएका सडक दुर्घटनाहरुको छानाविन गर्न गठीत समितिले आज श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय मन्त्रिज्यू समक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ ।
विभागका प्राविधिक निर्देशक प्रेम कुमार सिंहको संयोजकत्वमा महानगरीय ट्राफिक प्रहरी महाशाखावाट प्र.ना.उ. पवन गिरी, सडक विभागवाट इन्जिनियर भिमार्जुन कंडेल, यातायात व्यवस्था विभागवाट शाखा अधिकृत होमनाथ खतिवडा र मेकानिकलर् इन्जिनियर श्रीकान्त यादव रहनुभएको समितिको गठन श्रम तथा यातायात व्यवस्था मन्त्रालयको निर्देशन वमोजिम यातायात व्यवस्था विभागको मिति २०६८।०७।२४ को निर्णयवाट भएको थियो । यस समितिले दुर्घटनाको सम्बन्धमा स्थलगत अध्ययन गरी कारण, प्रभाव र न्यूनीकरणका उपायहरुवारेमा सिफारिश सहित प्रतिवेदन तयार गरेको छ ।
प्रतिवेदन वुझ्दै माननीय मन्त्रि श्री सरिता गिरीज्यूवाट यस प्रतिवेदनको अध्ययन पश्चात दुर्घटना न्यूनीकरणका वारेमा मन्त्रालयले ठोस कार्यक्रम ल्याउने वताउँदै समितिवाट भएको कार्यको लागि धन्यवाद दिनुभयो ।